|

जेनेभा : अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले शुक्रबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

छिमेकी देश उक्रेनमा भएका युद्ध अपराधका लागि पुटिन जिम्मेवार भएको अदालतले आरोप लगाएको छ। रूसले भने आफ्नो सेनाले एक वर्षदेखिको उक्रेन आक्रमणका क्रममा अत्याचार गरेको आरोप बारम्बार अस्वीकार गर्दै आएको छ।

उक्रेनका लागि आफ्नो पहिलो आदेशमा आईसीसीले बालबालिकाको अवैध निर्वासन र उक्रेनको क्षेत्रबाट रूसी संघमा मानिसहरूलाई अवैध स्थानान्तरण गरेको आशंकामा पुटिनका लागि पक्राउ आदेश जारी गरेको हो।

आईसीसीको पक्राउ आदेशको रूसले विरोध गरेको छ। उसले यो अपमानजनक भएको जवाफ दिएको छ। पक्राउ आदेश जारी हुने आशंका पहिलेदेखि नै थियो।

यसका साथै अदालतले रूसी बालअधिकार आयुक्त मारिया लभोभा-बेलोभालाई पनि यस्तै आरोपमा आदेश जारी गरेको छ। आईसीसी अभियोजक करिम खानले एक वर्षअघि युक्रेनमा सम्भावित युद्ध अपराध, मानवताविरुद्धको अपराध र नरसंहारको अनुसन्धान शुरु गरेका थिए।

उनले युक्रेनको चारपटक भ्रमणका क्रममा रूसी सेनाले बालबालिकाविरुद्धको कथित अपराध र नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका थिए।

आईसीसीको कथन
अन्तरराष्ट्रिय फौजदारी अदालतले विज्ञप्तिमार्फत पुटिनमाथि उक्रेनी भूमिबाट जबरजस्ती रूसमा निर्वासन गराएको बताएको छ। ती अपराध २४ फेब्रुअरी २०२२ देखि उक्रेन नियन्त्रित भूभागमा गरिएको थियो। उपर्युक्त अपराधका लागि पुटिन व्यक्तिगत आपराधिक जिम्मेवारी लिन्छन् भन्ने विश्वास गर्ने उचित आधारहरू छन्।

हास्यास्पद कदम

आईसीसीको यो कदम हास्यास्पद देखिएको छ। सम्बन्धित देशको सरकारको सहयोगविना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार आईसीसीलाई छैन। पुटिनलाई पक्राउ गर्न रूसले सहयोग गर्ने कुनै सम्भावना छैन। फेरि रूस आईसीसीको सदस्य होइन।

यसको अर्थ रूसी भूभागमा आईसीसीको कुनै अधिकार क्षेत्र छैन। आईसीसीले पक्राउ पुर्जी जारी गरेको पुटिन तेस्रा राष्ट्रपति हुन्। अमेरिकी राष्ट्रपतिको निर्वाचन आउन थालेको अवस्थामा यस्तो आदेश आएको छ। 

अदालतका न्यायाधीश पियोटर हफमान्स्कीले आईसीसीका न्यायाधीशहरूले पक्राउ आदेश जारी गरिएको बताए। यो आदेश लागू हुन भने सहज नभएको बताउँदै अन्तरराष्ट्रिय समुदायको सहयोगमा मात्रै सम्भव हुने उनको कथन छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.