|

इलाम: डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब १३ औँ संस्करणको इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

क्षेत्रीय रंगशाला इटहरीमा जारी प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली एभेनियर एफसी क्यामरुनलाई टाईब्रेकरमा हराउँदै सगरमाथाले अन्तिम ४ मा स्थान बनाएको हो।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो। सगरमाथाका ४ प्रहार गोलमा परिणत हुँदा एभेनियरका ३ प्रहारले मात्र जाली चुम्न सफल रहे। कप्तान यानिक, साङ्गु र गिनीले गोल गर्न सफल रहे। जोइ एल्डोको प्रहार गोलरक्षक च्याङ थेबले बचाए। साबाको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो।

सगरमाथाका अविशेक राई, राजिव लोप्चन, अविशेक लिम्बु र मेसुकेले गोल गरे। सगरमाथा अधिकांश नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका खेलाडी सहित मैदानमा उत्रिएको थियो।

एभेनियर जारी सिजनमा बुढासुब्बा गोल्डकप र बागमती गोल्डकप विजेता टोली समेत हो। खेलमा एभेनियरले निकै दबाव सृजना गरे पनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो। खेलको म्यान अफ दि म्याच सगरमाथाका मेसुके घोषित हुँदै नगद १० हजार प्राप्त गरे।

दोस्रो क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबले चर्च ब्वाइज एफसीसँग प्रतिस्पर्धा गर्नेछ। खेलपछि प्रतिक्रिया दिँदै सगरमाथाका प्रशिक्षक याम गुरुङले मैदानको अनुभव नभएका कारण सन्तोषजनक प्रदर्शन नभएको बताए।

उनले आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए। पराजित एभेनियरका प्रशिक्षक आशिक थापा मगरले पेनाल्टी सुटआउट सम्भावनाको खेल भएकाले पराजय भोगेको बताए।

उनले खेलमा कडा टक्कर दिए पनि पेनाल्टी सुटआउटमा पराजय भोगेको बताए। राष्ट्रिय जागृति क्लबको आयोजनामा शुरु भएको प्रतियोगिताको इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गरेका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.