|

काठमाडौं : शरीरमा पोषक तत्त्वको कमी नहोस् भन्दै कतिपयले विभिन्न किसिमका भिटामिन सप्लिमेन्ट(चक्की) खाने गरेको पाइन्छ। धेरैले मल्टी भिटामिन, भिटामिन बी, के, डी, बी १२, बायोटिन, जिंक, म्याग्नेसियम र आइरन सप्लिमेन्ट लिन्छन्।

भिटामिन सप्लिमेन्ट शरीरमा कुनै पनि पोषक तत्त्वको कमी पूर्ति गर्छ र स्वास्थ्य समस्या पनि समाधान गर्छ। तर धेरैलाई यस्ता सप्लिमेन्टको ‘ओभरडोज’ लिनु स्वास्थ्यको लागि हानिकारक हुन्छ भन्ने कुरा थाहा नभएको पनि हुन सक्छ।

भिटामिन सप्लिमेन्टको प्रयोगका  बेफाइदा के छन्?

क्याल्सियमको मात्रा बढी भएकाले भिटामिन डीको अत्यधिक मात्रा मिर्गौलाका लागि हानिकारक हुन्छ। त्यसैले चिकित्सकको सल्लाहविनै लिएका यस्ता भिटामिनले शरीरमा नकारात्मक असर पुर्‍याउन सक्छ। त्यसैले प्रयोग गर्नुअघि पोषणविद् तथा चिकित्सकको सल्लाह लिनुपर्छ।

पौष्टिक पूरकहरूले मिर्गौला, आँखा, मस्तिष्क र छाला जस्ता अत्यावश्यक अंगहरूलाई हानि पुऱ्याउन सक्छ। भिटामिन सीको अधिक सेवनले एसिडिटी र ग्यास्ट्राइटिस निम्त्याउन सक्छ। जिंक, सेलेनियम र म्याग्नेसियमको अत्यधिक सेवनले पनि मृगौलामा हानि पुर्‍याउन सक्छ। ​यसबाहेक क्याल्सियमको अत्यधिक सेवनले पनि मृगौलामा पत्थरी हुन सक्छ।

यसरी भिटामिन सप्लिमेन्ट स्वास्थ्यका लागि लाभदायक हुनुको साटो हानिकारक पनि हुन सक्छ। त्यसैले ताजा फलफूल र तरकारीहरूसँग सन्तुलित आहारले पोषणको आवश्यकता परापूर्ति गर्न सकिन्छ।

कस्तो अवस्थामा खाने भिटामिन सप्लिमेन्ट?

भिटामिन डी सप्लिमेन्ट शरीरको आवश्यकताका आधारमा हेरेर मात्रै दिनु पर्छ। शरीरमा आइरनको कमी हुँदा वा गर्भावस्थामा आइरन खाली पेटमा लिनुपर्छ तर खाली पेटमा वा सहन नसकेमा खानासँगै लिन सकिन्छ। अन्य भिटामिन पनि शरिरको आवश्यक परीक्षण पनि चिकित्सकको सल्लाह बमोजिम मात्रै खान सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.