|

काठमाडौं : इन्डियन वेल्स टेनिसको महिलातर्फको उपाधि काजखस्तानकी एलिना रेबाकिनाले जितेकी छन्। 

गएराति भएको फाइनलमा उनले बेलारुसकी एरिना साबालेन्कालाई सोझो सेटमा पराजित गरेकी हुन्। प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पहिलो सेट टाइब्रेकरमा पुगेको थियो।

रेबाकिनाले दोस्रो वरियताकी साबालेन्कामाथि ७–६ को जित हात पार्दै उत्कृष्ट सुरुवात गरिन्। दोस्रो सेट ६–४ ले जितेपछि रेबानिकाले करियरको पहिलो डब्लु टीए उपाधि हात पारिन्। योसँगै उनले साबालेन्कासँग गत जनवरीमा अस्ट्रेलियन ओपनको फाइनलमा व्यहोरेको हारको बदला पनि लिइन्।

दोस्रो वरियताकी साबालेन्काले तीन सेटको जित हात पार्दै करियरको पहिलो ग्रान्डस्लाम जितेकी थिइन्। रेबाकिनाले पाँचौँ प्रयासमा साबालेन्कालाई पराजित गरेकी हुन्।  गत वर्ष विम्बल्डन जितेयता रेबाकिनाको यो पहिलो उपाधि हो। उनको वरियतामा पनि सुधार हुनेछ। उनी दशौं स्थानबाट सातौँमा पुग्दा साबालेन्का दोस्रो वरियतामै यथावथ रहने छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.