|

पाल्पा : त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा सहमतिमा स्ववियु पदाधिकारी चयन भएका छन्। 

राति १२ बजे निर्वाचित पदाधिकारी तथा सदस्यको नामावली घोषणा भएको क्याम्पस प्रमुख टंक भट्टराइले बताए। सबै निर्वाचन प्रक्रिया पूरा गरेर निर्वाचित पदाधिकारी तथा सदस्यको नामावली घोषणा गरिएको थियो।

सहमतिअनुसार नेपाल विद्यार्थी संघले सभापति र दुई सदस्य, नेकपा एमाले निकट अनेरास्ववियुले उपसभापति, कोषाध्यक्ष र दुई सदस्य, अखिल क्रान्तिकारीले सचिव र पाँच सदस्य, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले सहसचिव र दुई सदस्य, राष्ट्रिय प्रजातान्त्रिक संगठन, अखिल छैटौँ, असंलग्न विद्यार्थी संगठनले १\१ सदस्य पाएको एमाले निकट विद्यार्थी फाँट पाल्पाका इन्चार्ज टीकाबहादुर थापाले बताए।

स्ववियुको अध्यक्षमा कृष्ण अर्याल, उपाध्यक्षमा अमृत भट्टराई, सचिवमा ताराबहादुर रायमाझी, सह–सचिवमा उमेश भण्डारी, कोषाध्यक्षमा सन्तोष पोखरेल निर्वाचित भएका निर्वाचन अधिकृत जीवन थापाले जानकारी दिए।  

यस्तै सदस्यहरूमा सुदर्शन पाण्डे, इन्दु थापा, मिस्मा राना, सुशिल बस्याल, भीम लुंगेली, सृष्टि रासकोटी मगर, मिलन सारु, सुजिता राना, विज्ञान दूधराज, उज्वल भट्टराई, तुषार कालिकोटा, अंशु ठडराई, विशाल विष्ट, प्रवेश अर्याल निर्वाचित भएका थापाले बताए।  

सर्वसम्मतिमा र सबै संगठनका सहभागिता रहनेगरी स्ववियू गठन भएको छ। यसरी गठन गरिएको स्ववियूले संस्थाका हरेक गतिविधिमा काम गर्न सहज हुने नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा त्रिवि क्याम्पस पाल्पाका पूर्व स्ववियू सभापति हरिबोल भट्टराईले बताए। 

विभिन्न विद्यार्थी संगठनबीच भागबण्डा नमिल्दा निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो। आइतबार बिहानदेखि सहमतिको प्रयास थालिएको थियो। विद्यार्थी संगठनबीच राति करिब १० बजे सहमति भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.