|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई संसदबाट विश्वासको मत दिन प्रस्‍ताव पेस गरेका छन्। पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा बनेको नेकपा एमालेसहितको गठबन्धन भत्किएपछि प्रचण्डले आज पुनः विश्वासको मत लिने प्रयोजनका लागि संसद्मा प्रस्ताव पेस गरेका हुन्। उनले संसद्बाट विश्वासको मत मागेको यो दोस्रोपटक हो।

प्रधानमन्त्री दाहालले आफ्‍नो नेतृत्वको सरकारले छोटै समयमा गरेका कामहरूको समेत फेहरिस्त प्रस्तुत गरेका छन्। साथै उनले नेकपा एमाले र राप्रपालाई पनि आफ्नो निर्णयमा पुनर्विचार गरी विश्वासको मत दिन आग्रहसमेत गरे।  

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गरेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ।

यस्तै गठबन्धन दलका एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने औपचारिक निर्णय गरेका छन्। सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत विश्वासको मत दिने भएको छ। एमाले संसदीय दलको बैठकले भने प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।

राष्ट्रपति निर्वाचनको विषयमा कांग्रेस र माओवादीबीच नयाँ सहमति बनेपछि राप्रपाले फागुन १३ र नेकपा एमालेले फागुन १५ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीसहित १० दलले समर्थन गरेका छन्।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.