|

काठमाडौं : फेसनमा सिजर्नात्मकताको खोजी गर्दै ठमेलमा ‘फेशन गाला नाइट २०२३’  हुने भएको छ। आगामी शनिबार चैत ११ गते ( मार्च २५) ठमेलस्थित टेन एक्स क्लबमा ‘फेसन गाला नाइट’ शो हुने भएको हो।

फेसन राष्ट्रिय नेपाल र टेन एक्स क्लबको संयुक्त आयोजना फेशन गाला हुने आयोजकले जनाएका छन्। फेसन सो साँझ ७ बजेदेखि ९ बजेसम्म हुने छ ।

नेपाली फेशन उद्योगमा योगदान पुर्‍याएका १० जना उत्कृष्ट व्यक्तिलाई सम्मान गरिने एफएनएनका निर्देशक शेखरराज कँसजुले जानकारी दिए। फेसनकै विभिन्न क्षेत्रमा लामो समयसम्म योगदान गरेकालाई सम्मान गरी थप हौसला प्रदान गरिने उनले बताए ।

फेसन फिल्म शोकेस अन्तर्गत फेशनसँग सम्बन्धित भिडियो प्रस्तुती हुनेछ । ‘फेसनसँग सम्बन्धी डिजाइन, ब्राण्ड र बुटिकको भिडियो बनाएकाले उक्त दिन निःशुल्क भिडियो देखाइनेछ,’ उनले भने,’ आफ्नो फेसनका कम्पनी र आफ्ना डिजाइनको प्रचारप्रसारसमेत गर्न पाउनेछन्।‘​ 

टेन एक्स क्लबलाई फेसन हब बनाउने तयारी गरिरहेको निर्देशक कँसजुले बताए । ‘क्लबलाई फेसन हब बनाउनलाई विशेष सम्झौता गरिन्छ । क्लब मार्फत फेशनका प्रोजेक्टहरूलाई बढाउँदै लगिन्छ’ उनले अगाडि थपे।

गाला फेसनको साँझ एफएनएनले नयाँ प्रोजेक्ट गर्ने इभेन्टहरू सार्वजनिक गरिने उनको भनाइ छ । ‘चाँडै समर फेसन थिम पार्टी गरिने सोचाइ राखेका छौ । उक्त इभेन्टको मिति पनि सार्वजनिक गरिनेछ, ‘ उनले सुनाए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.