चार पटकको च्याम्पियन पुलिस २–१ गोलले स्तब्ध

|

बुटवल : मनाङ मर्स्याङदी क्लब २२ औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। एन्फा टेक्निकल मैदान बुटबलमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

हारसँगै ४ पटकको च्याम्पियन पुलिस प्रतियोगिताबाट बाहिरिएको छ। मनाङ मर्यास्ङ्दीको जितमा प्रसन्न श्रेष्ठ र चेतन थारुले गोल गरे। दोस्रो हाफको १५औँ मिनेटमा पुलिसका बुद्धबल तामाङले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेनन्।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख ११ हजार १११ रूपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रूपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनलमा थ्रि स्टार क्लब र सुदूरपश्चिम-११ बीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.