|

विराटनगर : माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले लोकतान्त्रिक व्यवस्थामा गरिने शान्तिपूर्ण विरोध र असहमतिप्रति सधैँ सम्मान रहने बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्। उनले लेखेका छन्, ‘जोसङ्ग सबैभन्दा बढी अपेक्षा विश्वास र भरोसा हुन्छ अपेक्षित परिणाम हासिल नहुँदा उसैप्रति आक्रोश, घृणा, आवेग व्यक्त हुनुलाई मैले स्वाभाविक रुपमा लिएको छु। हामीले ल्याएको यो लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण रुपमा गरिने विरोध असहमतिप्रति मेरो सधैँ सम्मान रहनेछ। धन्यवाद’

प्रदेश सांसद आङ्बोलाई ताप्लेजुङमा आक्रमणको प्रयास 

उनलाई मंगलबार ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ। पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धनको जितपछि खुसीयाली मनाउन ताप्लेजुङ पुगेका आङ्बोलाई जाँदाजाँदै पहिचान पक्षधरले आक्रमणको प्रयास  गरेका हुन्।

कोशी प्रदेश नामकरण खारेजी संयुक्त संघर्ष समितिको मोर्चाले सांसद आङ्बोलाई कालो झण्डा देखाउनुका साथै उनी चढेको गाडी तोडफोड गरेको जनाइएको छ। पहिचान पक्षधरहरुले उनी चढेको गाडी पछ्याउँदै गरेको एउटा भिडियोसमेत सार्वजनिक भएको छ।

नेकपा माओवादी केन्द्रको कोशी प्रदेशको प्रदेशसभा संसदीय दलको नेतासमेत रहेका आङ्बोले फागुन १७ गते एमाले काँग्रेससँगै ‘कोशी प्रदेश’मा मत दिएपछि आक्रोशित बनेका पहिचान पक्षधरले उनको विरोध गर्दै आइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.