|

ताप्लेजुङ : पाथीभरा दर्शन गरेर फर्कने क्रममा मंगलवार माथिल्लो फेदीमा एक महिलाको मृत्यु भएको छ। 

विर्तामोड–२ चारपाने झापाकी ४७ वर्षीय शिवमाया गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नन्द, भाञ्जा र अरु तीनजना साथीसँगै पाथीभरा दर्शन गर्न गएकी उनी सोमवार बिहान मन्दिर पुगेर बेलुका माथिल्लो फेदी बास बसेकी थिइन्। ३१ सय मिटर उचाइको माथिल्लो फेदिको होटलमा बास बसेकी उनी विहान शौचालय गएकी थिइन।

लामो समय नफर्किएपछि नन्दले खोजी गर्दा शौचालयमै लडेको अवस्थामा भेटाएको स्थानिय स्वास्थ्यकर्मी उमानाथ पौडेललेले जानकारी दिए। 

स्वास्थ्यकर्मी पौडेलले चिसोको असर हुनसक्ने बताउनुभयो। सोमवारदेखिको वर्षाले पाथीभरा क्षेत्रमा हिमपात भएको छ भने चिसो अधिक बढेको छ। घटनास्थलको आवश्यक प्रकृया पुरा गरि आफन्तलाई शब बुझाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.