|

काठमाडौं :  दिल्ली क्यापिटल्स महिला प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ।  गएराति भएको खेलमा युपी वारियर्जलाई पाँच विकेटले हराउँदै दिल्ली उपाधि नजिक पुगेको हो। ​

मुम्बईस्थित ब्राबोन क्रिकेट रंगशालामा भएको खेलमा युपीले दिएको १३९ रनको लक्ष्य दिल्लीले पाँच विकेट गुमाएर भेट्टायो।  टस हारेर ब्याटिङ गरेको युपीले निर्धारित २० ओभरमा ६  विकेट गुमाएर १३८ रन बनाएको थियो। युपीका लागि तालिया मकग्राथले अविजित ५८ रनको पारी खेलिन्। उनले ३२ बलमा ८ चौका र दुई छक्का प्रहार गरिन्। एलिसा हिलेले ३६ रन जोडिन्। युपीलाई सामान्य योगफलमा रोक्न क्याप्सीले तीन विकेट लिइन्। 

जवाफी ब्याटिङ गरेको दिल्लीले १७ दशमलब पाँच ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। दिल्लीको जितमा कप्तान मेग लेनिङले ३९, मारिजान क्यापले ३४ र क्याप्सीले ३४ रनको योगदान गरिन्।

यो जितपछि दिल्ली सिँधै फाइनलका लागि छनौट भएको छ। मुम्बई इन्डियन्स र दिल्लीको समान १२ –१२ अंक भएपनि दिल्लीले नेट रन रेटको पहिलो भएको 
 थियो। अब एलिमिनेटर चरणमा पर्सि  मुम्बई र युपीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। फाइनल खेल २६ मार्चमा हुनेछ। प्रिमियर लिगको विजेताले १० करोड भारु प्राप्त गर्नेछ। 

पाँच टिम सहभागी खेल फागुन २० देखि सुरु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.