|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन्। ​बुधबार बिहान वनकाली क्षेत्रमा उनले नागचम्पा फूलको बिरुवा रोपेका हुन्। 

वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार चान्द्र पात्रोअनुसार संवत्सर फेरिने दिन परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण  गरिएको हो। 

नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रसन्न मान्यताअनुरूप राष्ट्रपतिको हातबाट बिरुवा रोपिएको उनले बताए।  राष्ट्रशान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराउने योजना रहेको भुसालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.