|

काठमाडौं : गर्भावस्थामा महिलाले खानपानमा निकै ध्यान दिनुपर्छ। आमामा पोषक तत्त्वको कमी भएमा बच्चाको विकासमा प्रत्यक्ष असर पार्छ।

गर्भावस्थाको समयमा, प्रायः महिलामा रक्तअल्पता (एनिमिया) हुन्छ। यस्तो अवस्थामा महिलाको आहारमा दूध र फलफूललगायत आवश्यक छ।

रक्तअल्पता हुनबाट बच्न  चिकित्सक बिट रुट (चुकन्दर) खान सुझाव दिन्छन्। चुकन्दर बहुपयोगी खानेकुरा हो, जसमा फोलेट, क्याल्सियम र म्याग्नेसियमलगायत तत्त्व  पाइन्छ।

यो समयमा चुकन्दरलाई जुस तथा सलादको रूपमा दैनिक सेवन गर्न सकिन्छ।

यी हुन् गर्भावस्थामा चुकन्दर खानुका फाइदा–

स्पाइना बिफिडाको रोकथाम - चुकन्दरमा फोलेट प्रचुर मात्रामा पाइन्छ, जुन गर्भमा हुर्किरहेको बच्चाको विकासका लागि निकै महत्त्वपूर्ण मानिन्छ। फोलिक एसिडले भ्रूणको विकासका साथै स्वस्थ तन्तुहरूको विकासमा मद्दत गर्छ। यसको सेवनले स्पाइना बिफिडाको जोखिम पनि कम गर्छ। मस्तिष्कको विकासलाई सहयोग दिन्छ।

रक्तअल्पता कम गर्छ- गर्भावस्थामा प्रायः महिला एनिमियाबाट पीडित हुन्छन्। यस्तो अवस्थामा चुकन्दरको सेवन निकै फाइदाजनक हुन्छ। चुकन्दरमा आइरन प्रचूर मात्रामा पाइन्छ र यसले रगतमा रातो रक्त कोशिका अर्थात् हेमोग्लोबिनको संख्या बढाउन मद्दत गर्छ। यसका कारण गर्भावस्थामा एनिमियाको जोखिम निकै कम हुन्छ। गर्भावस्थामा रगत चाहिन्छ र यदि यो समयमा एनिमिया भयो भने, आमा र बच्चा दुवैको लागि जोखिम बढ्न सक्छ। तर गर्भावस्थामा  दैनिकरूपमा चुकन्दरको सेवन गरियो भने एनिमियाको समस्याबाट छुटकरा पाउन सकिन्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ- गर्भवती महिलालाई गर्भावस्थामा संक्रमणसँग लड्न प्रतिरोधात्मक क्षमता चाहिन्छ, यस्तो अवस्थामा चुकन्दरले गर्भवती महिलाको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। यसमा यस्ता गुण हुन्छन् जसले रोग प्रतिरोधात्मक क्षमतालाई कायम राख्न मद्दत गर्छ।

उर्जा दिन सहयोगी- चुकन्दरमा प्रशस्त मात्रामा पोटासियम हुन्छ जसले तपाईको शरीरमा इलेक्ट्रोलाइट्स र मेटाबोलिज्मलाई नियन्त्रण गर्छ। मेटाबोलिज्म नियन्त्रण हुने बित्तिकै तपाईको शरीरको आहारबाट उर्जा बनाउने प्रक्रिया राम्रो हुन्छ र तपाईले गर्भावस्थामा थकान र कमजोरी महशुस गर्न दिँदैन।

मधुमेहको जोखिम कम गर्छ- गर्भावस्थाको समयमा, धेरै महिलाहरूलाई गर्भावस्थामा मधुमेह हुने जोखिम हुन्छ। यस्तो अवस्थामा चुकन्दरको सेवन गर्नु फाइदाजनक हुन्छ। चुकन्दर कम ग्लाइसेमिक खाना हो जसलाई ग्लुकोजमा परिणत हुन धेरै समय लाग्छ र यो रगतमा बिस्तारै अवशोषित हुन्छ।

चुकन्दरमा बेटेन नामक एन्टी-इन्फ्लेमेटरी एजेन्ट पाइन्छ, जसले शरीरमा हुने कुनै पनि प्रकारको संक्रमण र जलनलाई हटाउन मद्दत गर्दछ यसकारण गर्भावस्थामा महिलाले दैनिक चुकन्दर खानु निकै फाइदाजनक मानिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.