|

काठमाडौं : मंगलबार २२.६५ अंकले बढेको नेप्से परिसूचक बुधबार १५.७६ अंकले गिरावट आएको छ। पछिल्लो दुई सातादेखि नेप्से परिसूचकमा उतारचढाव आइरहेको छ।

उक्त उदारचढावबीच बुधबार नेप्से परिसूचक  १५.७६ अंक घटेर १९३३.२९ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले घटेको छ।

बुधबार कारोबारमा आएका २६६ कम्पनीको ३७ लाख ७७ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलवारको तुलनामा बुधवार कारोबार रकम पनि बढेको छ। मंगलबार १ अर्ब २९ करोडको शेयर कारोबार भएको थियो।

बुधबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, जलविद्युत्, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार नेप्से घटे पनि माया खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सपोर्ट माइक्रोफाइनन्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

यता, बोटलर्स नेपालको शेयरमूल्य ७.६२ प्रतिशत घटेको छ। बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.