|
सोनू निगम

काठमाडौं : भारतीय गायक सोनू निगमका बाबुको ७२ लाख रुपैयाँ चोरीको आरोपमा उनका ड्राइभरलाई पक्राउ गरिएको छ। 

सोनूका बाबु अगम कुमार निगमको गत मार्च १९ गते र २० गते मुम्बईको अन्धेरी इलाकाबाट ७२ लाख हराएको थियो। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए। 

उनका रेहान नाम ड्राइभर आठ महिनादेखि काम गरिरहेका थिए। उनलाई काम राम्रो नभएको भन्दै अगमले केही दिनअघि मात्रै हटाएका थिए।  उनको गत आइतबार डिजिटल लकरबाट ४० लाग हराएको थियो भने सोमबार ३२ लाख हराएको थियो।

अगमको जाहेरीमा उनलाई पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ।  रेहानले डुब्लिकेट चाबी बनाएर लकरबाट ७२ लाख चोरी गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.