|

काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौंको  कीर्तिपुरमा आज (बिहीबार) गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २६ वटा सवारीसाधनका चालकलाई कारवाही गरेको छ।

ट्राफिक प्रहरीले १ सय १५ भन्दा बढी सवारीसाधन जाँच गर्दा ह्याण्ड ब्रेक ठिक नभएका १९ वटा र लाइट दुरुस्त नभएका ७ वटा गरी २६ वटा सवारीसाधन फेला परेपछि चालकलाई कारवाही गरेको हो।

ट्राफिक प्रहरीका अनुसार सवारीसाधन मर्मतपश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइनेछ।

अवस्था ठिक नभएको सवारीसाधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न सवारीसाधनको अवस्था जाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौंको कीर्तिपुर क्षेत्रमा बिहीबार खटिएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियमित रुपमा आफ्नो सवारीसाधनको अवस्था चेक गरी आवश्यक मर्मतसम्भार गरेर मात्रै सवारीसाधन सञ्चालन गर्न सम्पूर्ण यातायात व्यवसायी, सवारीधनी तथा चालकलाई अनुरोध गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.