|

सुर्खेत :  रुकुमपश्चिम प्रहरीले एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई पक्राउ गरेको छ। 

मुसिकोट नगरपालिका–९ चौखाबाङमा बस्ने ३० वर्षीय महिलालाई आगो लगाउन खोज्ने प्रेमबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो।

३५ वर्षीय केसी तुल्सिपुर उपमहानगरपालिका–१० बेलुवाका हुन्। एक लिटर पेट्रोल शरिरमा छर्काई लाईटर बाली सल्काउन खोज्दा स्थानीयले देखेपछि केसी भागेका थिए। 

स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमबाट खटिएका प्रहरी निरीक्षकको टोलीले केसीलाई पक्राउ गरेको छ।

घटनास्थलदेखि उत्तरतर्फ रहेको गँहु बारीमा लुकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। महिलाको अबस्था सामान्य रहेको छ। घटनाको कारण नखुलेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.