|

इलाम : इटहरीमा जारी १३औँ संस्करणको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब र चर्च व्बाइजले दाबेदारी प्रस्तुत गरेका छन्।

इटहरी रंगशालामा प्रि—म्याच कन्फ्रेन्समा दुवै टोलीले बिपक्षी बलियो भएपनि खेलमा आफ्नो रणनीति प्रभावकारी रहने दाबी गरे। सगरमाथा युथ क्लबका प्रशिक्षक याम गुरुङ डिफेन्डिङ च्याम्पियन भए पनि उपाधि जोगाउन दबाब नरहेको बताए।

उनले यसअघिका खेलमा सहभागी खेलाडीहरु नै उपाधि रक्षा गर्न सक्षम रहेको बताए। ‘उहाँहरूको कमजोरी पक्ष र सबल पक्षलाई नजिकैबाट नियालेको छु त्यही अनुसार रणनीति हुनेछ। डिफेन्स लाइन चिर्न रणनीतिहरु परिर्वतन भइहाल्छ। उहाँहरुको डिफेन्स लाइनलाई कसरी चिर्नुपर्छ भनेर नकेलाऊँ।’

टिममा एकजना खेलाडीमा इन्जुरी समस्या भए पनि फाइनल खेलमा रिकभर हुने उनले विश्वास व्यक्त गरे। नेपाली महिला यु—२० को मुख्य प्रशिक्षक समेत रहेका गुरुङलाई खेलाडी पलायन ग्रासरुट फुटबलबारे फरक प्रसंगको प्रश्नमा निराशा व्यक्त गरे।

‘एन्फालाई नै समस्या छ। आन्तरिक राजनीतिले गर्दा ग्रासरुट चाहिँ जिरो नै भने पनि हुन्छ। भबिष्यमा नेपाली राष्ट्रिय टिममा ब्याकअप चाहि राम्रो होला जस्तो देखेको छैन्।’

चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाईंले फाइनल खेल प्रतिस्पर्धात्म र रोचक हुने बताए। उनले पूर्वमा डेब्यु प्रतियोगिता भएको बताउँदै विपक्षी टोलीसँग उत्कृष्ट खेल रणनीति रहेको बताए। नेपाली मूलका अमेरिकी प्रशिक्षक हुमागाईंले अफ्रिकन खेलाडीको कारण फाइनलसम्म पुगेको तर्कलाई अस्वीकार गर्दै भने, ‘१८ जना खेलाडी नै महत्वपूर्ण हुन्छ। खेलाडी, अफिसियल र क्लबको समन्वयका कारण टिम अघि बढ्ने हो।’

नवप्रवेशी ए डिभिजन क्लब खुमलटारको खेलाडीहरू सगरमाथा युथ क्लबमा रहेका छन्। उता, चर्च व्बाइजसमेत यसै वर्ष ए डिभिजन लिगमा उक्लिएको हो। प्रशिक्षक हुमागाईंलाई ए डिभिजन लिगको रणनीति र इटहरीमा अपनाइने रणनीतिको प्रश्न बारेमा भने, ‘खेलमैदान र उपलब्धी खेलाडीहरुको सम्बन्धमा जतिबेला खुमलटारसंग म्याच खेलेका थियौ। त्यस बेलाभन्दा खेलाडी फरक छ। यहाँको खेलमैदानमा केही फरक हुन्छ। त्यहाँ टर्फमा खेलेको हो यहाँ घाँसमा खेल्दा फरक आउँछ।’ टिममा इन्जुरीको समस्या देखिएकाले खेलाडीहरु मैदानमा उपलब्ध नहुने बताए।

नेपाली राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक समेत रहेका हुमागाईले एन्फाले क्यालेन्डर मिलाएर केही सिमित प्रतियोगिता गरिदिए खेलाडीहरुमा इन्जुरीको समस्या कम आउने तर्क गरे। उनले प्रतियोगिता आयोजना नहुनु भन्दा मोफसलमा भएका खेलहरु प्रति सन्तुष्टी व्यक्त गरे।

‘पूर्वमा आएर फुटबलको हब भएको ठाउँमा प्रशिक्षक भएर दर्शकहरुसँग रमाउन पाएका छौँ। चर्चमा धेरै खेलाडी पुर्वको हुनुहुन्छ हामीलाई होम ग्राउन्ड र होम टिम भन्ने महसुस भएको छ। फेमेलीमा फुटबल खेलिरहको जस्तो महसुस भएको छ।’

सगरमाथाका कप्तानका महेन्द्र कार्कीले भोलिको खेलमा परिचित प्रतिद्वन्द्वी भएकाले सोहार्दरुपमा खेल हुने विश्वास व्यक्त गरे। सगरमाथा युथ क्लब डिफेन्डिङ च्याम्पियन भएकाले क्लबको प्रतिष्ठाको लागि खेल्ने बताए।

चर्च ब्वाइजका कप्तान मिलन राईले समग्रमा लक्ष्य भने लिग भएको बताए। उनले फिफा क्यालेन्डरमा खाली समयमा मोफसलको प्रतियोगिता आयोजनाले लिगलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘मोफसलको प्रतियोगिता आयोजना गरिदिनुभएको छ हामीलाई लिगको खेलका लागि केही सकारात्म उर्जा लिएर लिगमा फर्कन मोफसलले सहयोग गर्छ।’ च्याम्पियन बनेर फर्किने लक्ष्य रहेको बताए। गत संस्करणको प्रतियोगिता स्मरण गर्दै राईले भने ‘ विपक्षी टोली भन्दिनँ मेरो पुरानो क्लब हो गत बर्ष भोली खेल्ने टिमबाट प्रतिनिधित्व गरेको थिए।’

उनले युथ फुटबलमा सक्रिय बनाउने सगरमाथाका टिम मेनेजर युवेन गुरुङलाई सम्झिदै फुटबलको सुन्दर पक्ष सहकार्य भएको बताए। अन्त्यमा खेल ट्रफीकै लागि हुने बताए।

चर्च ब्वाइज र खुमलटार ए डिभिजन लिगको दोश्रो चरणको खेलमा प्रतिस्पर्धा गरेका थिए। जसमा खेल चर्च ब्वाइजले आफ्नो पक्षमा पारेको थियो। नेपाली सगरमाथाले घरेलु फुटबलमा कडा चुनौती प्रस्तुत गर्दै आएको बुढासुब्बा गोल्डकप बिजेता एभेनियर फुटबल क्लबलाई पहिलो क्वाटरफाइनल खेलमा टाइब्रेकरमा हराउँदै सेमीफाइनल पुगेको थियो।

सेमिफाइनल खेलमा लगातार २ संस्करणको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबमाथि अफ्रिकी खेलाडी स्टेफेन समिर र मेसुके ओलमाउ प्रेरित जित निकाल्दै कम्तीमा ५ लाख सुरक्षित गरेको हो।

यता, घरेलु टोली राष्ट्रिय जागृतिलाई हराएको चर्च ब्वाइजले सेमिफाइनलमा गत संस्करणको उपविजेता विभागीय टोली आर्मीमाथि उपहार गोलबाट जित निकाल्दै अन्तिम २ प्रवेश गरेको हो। दुवै टोलीले लिगमा आफूलाई अब्बल सावित गर्न इटहरी मैदान उत्रनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.