जनगणना २०७८

|

काठमाडौं : नेपालमा ७२.९४ प्रतिशत परिवारले स्मार्ट फोन प्रयोग गर्ने गरेको पाइएको छ। शुक्रबार पूर्णरूपमा सार्वजनिक भएको १२औं राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले नेपालमा ७२.९४ प्रतिशत परिवारले स्मार्ट मोबाइल फोन प्रयोग गर्ने देखाएको हो।

जनगणना २०७८ बाट प्राप्त नतिजाअनुसार ३.८८ प्रतिशत परिवारमा कुनै पनि साधन तथा सुविधा उपलव्ध नभएको पाइयो भने ९६.१२ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको सुविधा उपलब्ध भएको देखाएको छ।

साधारण मोबाइल फोन हुने परिवारको प्रतिशत ७३.१५ प्रतिशत छ। कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन र ३७.७२ प्रतिशतमा इन्टरनेट सुविधा उपलब्ध  रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.