|
फाइल तस्बिर

काठमाडौं : नेपालमा ३.९ प्रतिशत घरका छाना खर/पराल/छ्‌वालीबाट बनेको पाइएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको २०७८ को जनगणनाको तथ्यांकमा ४१.९ प्रतिशत घरको छाना जस्ता/टिन/च्यादरबाट बनेको उल्लेख छ।

३७.८ प्रतिशतको सिमेन्ट/ढलानबाट, ९.२ प्रतिशतको टायल/खपटा/झिँगटीबाट, ६.१ प्रतिशत ढुङ्गा/स्लेटबाट, ०.७ प्रतिशत घरको छाना माटोबाट, ०.३ प्रतिशतको काठ/फल्याकबाट र ०.१ प्रतिशतको छाना अन्य सामग्रीको प्रयोगबाट बनेको पाइएको तथ्यांक कार्यालयले जनाएको छ।

प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा सबैभन्दा बढी (६९.८ प्रतिशत) परिवारका छाना जस्ता/टिन/च्यादरबाट, बागमती प्रदेशमा सबैभन्दा बढी (५७ प्रतिशत) सिमेन्ट ढलानबाट,मधेश प्रदेशमा सबैभन्दा बढी (३७.४ प्रतिशत) घरको छानाको बनोट टायल/खपटा/झिँगटीबाट घर बनाइएको तथ्यांकमा उल्लेख छ।

वि.सं. २०६८ सालमा २८.३ प्रतिशत परिवारको छाना जस्ता/टिन/च्यादरबाट, २६.७ प्रतिशतको टायल/खपटा/झिँगटीबाट, २२.५ प्रतिशतको सिमेन्ट/ढलानबाट, १९ प्रतिशतको खर/परालबाट बनेको देखिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.