|

कञ्चनपुर : पुनर्वास नगरपालिका वडा नम्बर १० बस्ने एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ।

शुक्रबार सीमावर्ती भारतीय दुधुवा नेशनल पार्कभित्र घाँस दाउरा गर्न गएका महिलाहरूमध्ये पुनर्वास नगरपालिका वडा नम्बर १० मदनटोल बस्ने अन्दाजी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी मृत्यु भएको हो।

नेपाल-भारत सीमा क्षेत्रबाट करिब दुई किलोमिटर भारततिर गौरीफण्टा वन क्षेत्रमा पर्ने एसएसबी क्याम्प लालकुवा नम्बर ८ को दक्षिणपूर्वमा सार्कीको शव फेला परेको कुण्डा सबडिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख दिनेशकुमार यादवले जानकारी दिएका छन्।

घाँस दाउरा गर्न गएका अन्य अधिकांश महिला घर फर्किसकेका छन् भने एक महिला अझै सम्पर्कविहीन रहेको र उनको खोजी भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.