|

काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले २१ लाख ९० हजार भन्दा बढी नागरिक विदेशमा विदेशमा रहेको जनाएको छ।

तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ का अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरूबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्दै आएको जनाएको हाे।

‘जसमध्ये पुरुष १७,९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत) रहेका छन्,’शुक्रबार सार्वजनिक भएको जनगणनाको विवरणमा उल्लेख छ।

२०६८ को जनगणनाअनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.