|

काठमाडौं : नेपालमा सबैभन्दा बढी अर्थात् २८ दशमलव ७ प्रतिशत व्यक्तिहरूले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन्।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणनामा २०७८ अनुसार कुल साक्षर जनसंख्याको सबैभन्दा बढी अर्थात् २८ दशमलव ७ प्रतिशत व्यक्तिहरूले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेको पाइएको हो।

दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरू १९ दशमलव ९ प्रतिशत रहेका छन्। एस.एल.सी. वा सोसरह मात्र उत्तीर्ण गर्ने व्यक्तिहरू कुल साक्षर जनसंख्याको साढे ९ प्रतिशत रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, एस.एल.सी. (हालको एसइई) भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरू १९ दशमलव ५ प्रतिशत रहेका छन्। अनौपचारिक शिक्षा हासिल गर्ने व्यक्तिहरू १ दशमलव ८ प्रतिशत रहेको तथ्यांक कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.