|
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ। 

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको रास्वपा सत्ता गठबन्धनमा भए पनि चुनाव एक्लै लड्ने निर्णय गरेको हो। 

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले तीनै क्षेत्रको उपनिर्वाचनमा एक्लै लड्ने निर्णय गरेको महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए। चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुनेछ।

चितवन २ मा पार्टी सभापति रवि लामिछाने नै फेरि उम्मेदवार बन्ने तयारीमा छन्। बैठकले तीन वटै क्षेत्रको उपनिर्वाचनका लागि निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.