|

काठमाडौं : नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा तीन स्थान सुधार भएको छ। 

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो। 

नयाँ वरियतामा नेपाल एक हजार २०५ अंकका साथ १०० औँ स्थानमा उक्लिएको छ। यसअघि नेपाल १०३औँ स्थानमा थियो।  

एसियाली राष्ट्रको वरियतामा भने नेपाल २०औँ स्थानमा छ। आज सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ भने जर्मनी दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा छ। 

इङ्ल्याण्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छ्न। नेदरल्याल्याण्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.