|

अमेरिकाले पूर्वी सिरियामा रहेका इरान समर्थक लडाकुमाथि आक्रमण गरेको छ। गएराति भएको आक्रमणमा कैयौँ लडाकु मारिएको अधिकारीले बताएका छन्। 

इरान समर्थिक लडाकुले अमेरिकाले गरेको रकेट र मिसाइल आक्रमणको आफूहरुले जवाफ फर्काएको एक विज्ञप्तिमा जनाएका छन्। गएराति अबेर सार्वजनिक भएको अनलाइन विज्ञप्तिमा अमेरिकाको हवाइ अक्रमणमा कैयौँ लडाकु मारिएको र उनीहरुको राष्ट्रियता पहिचान नभइसकेको उल्लेख छ। 

अधिकारीहरुका अनुसार सिरियाका विभिन्न ठाउँमा गएराति भीषण लडाइँ भएको थियो । इरान समर्थक लडाकूहरुले आफूहरू अमेरिकी आक्रमणको जवाफ फर्काउन तयार रहेको बताइरहँदा विभिन्न स्थानमा एकसाथ आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.