|

काठमाडौं : कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनका क्रममा  चैत ५ गते भएको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्डको’ आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले कोशी प्रदेश नामकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको बताइन्। उनले चैत ५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने जानकारी दिइन्। 

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.