|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जाने भएका छन्।

नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति पौडेल बिहान साढे ९ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ।

दरबार क्षेत्र अवलोकन, गोरखकाली मन्दिर दर्शनलगायतका लागि पौडेल गोरखा जान लागेका हुन्। उनले बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि छ ।

राष्ट्रपति कार्यालयका अनुसार उनी २ घण्टा गोरखामा रहनेछन्। राष्ट्रपति आउने भएपछि गोरखा दरबार, गोरखकाली मन्दिरलगायत क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.