|

म्याग्दी : स्थानीय सीप र प्रविधि लोप हुँदै गएका वेला बेनी नगरपालिकाका तीन युवाले हस्तकला उद्योग नै सञ्चालन गरेर परम्परागत सीप र रैथाने प्रविधिको संरक्षण गरिरहेका छन्।

बेनी नगरपालिका ६ जामुनाखर्कका अशोक शाही, बेनी नगरपालिका ८ बेनीका अमर विश्वकर्मा र रघुगंगा गाउँपालिका ७ चिमखोलाका रूपेश परियारले ‘राउटे हस्तकला उद्योग’ सञ्चालन गरेका हुन्।

शाहीले ६ वर्षदेखि ‘राउटे हस्तकला उद्योग’ सञ्चालन गरेर स्थानीय स्रोतको साधनको प्रयोगमार्फत हस्तकला र काष्ठकलासम्बन्धी सामग्री उत्पादन गरिरहेका छन्। 
शाहीको नेतृत्वमा सञ्चालित फर्ममा विश्वकर्मा र परियारले काष्ठकलामार्फत मौलिक बुट्टाको सिपबाट आकर्षक घरायसी फर्निचर बनाउँदै आएका छन्। 

उनीहरूले मन्दिर, मुर्ति, पुराना घरको डिजाइन, काष्ठकला मार्फत भरिएको घरको ढोका, थाम, खाट, दराज, कुर्ची लगायतका आकर्षक सामग्री उत्पादन गर्छन्। काठसँगै बाँसबाट बन्ने विभिन्न मुडा लगायतको सामाग्री उत्पादन गर्छन भने बासबाट सिन्का बनाउने तालिम पनि सिकाउँदै आएका छन्।

उद्योगबाट माग बमोजिमका घर, मन्दिरका फर्निचरका सामान तथा सजावटका हस्तकलाका सामान बनाउँदै आएको शाहीले बताए। शाहीले मन्दिर तथा एतिहासिक घरहरुको दुरुस्त आकृती भएका सामानहरु उत्पादन गर्नका लागि उद्योग संचालनमा १० लाख रुपैयाँ बढी मेसिनमा लगानी गरेको जानकारी दिए।

‘एकपटक देखेका जुनसकुै सामानहरु तयार गर्न सक्छु’, शाहीले भने ‘कतिपय सामान सिर्जनात्मक रूपमा निर्माण गर्छौ।’ उहाँले आफ्नै पुरानो घरलाई कलात्मक बनाएपछि घरसम्बन्धी सामग्री निर्माणका लागि माग आउन थालेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.