|

रुसले छिमेकी देश बेलारुसमा परमाणु हतियार परिचालन गर्ने भएको छ। युक्रेनमाथिको आक्रमणमा समर्थन जनाइरहेको  बेलारुसमा रुसले रणनीतिक हतियार परिचालन गर्ने भएको हो।

राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युरोपका कयौँ स्थानमा परमाणु हतियार परिचालन गरेको दाबी गर्दै रुसले बेलारुसमा यस्तो हतियार परिचालन गर्नु परमाणु निशस्त्रीकरण सम्झौताको उल्लंघन नहुने बताएका छन्। उनँले ती रुसी परमाणु हतियारको कन्ट्रोल बेलारुसलाई नदिनेसमेत स्पष्ट पारेका छन्। 

सरकारी टेलिभिजनसँगको कुराकानीमा पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को लामो समयदेखि रुसी परमाणु हतियार बेलारुसमा राख्न इच्छुक रहेकोसमेत बताएका छन्। पुटिनले यसै वर्षको जुलाई एक सम्म रुसले बेलारुसमा रणनीतिक हतियार भण्डारको संरचना तयार गरिसक्ने बताएका छन्।

परमाणु मिसाइल लञ्च गर्ने इस्कन्दर मिसाइल प्रणाली बेलारुस पठाइसकेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.