|

काठमाडौं : एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नीति तथा कार्यक्रम आएपछि सरकारले पूर्णता पाउने बताएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले सरकारको नीति तथा कार्यक्रम आएपछि मन्त्रिमण्डलले पूर्णता पाउने बताएका हुन्। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रत्येक पार्टीहरूसँग प्रधानमन्त्रीले छुट्टाछुट्टै छलफल गर्नुपर्यो। त्यसपछि टुंगोमा पुग्छ। 

‘मलाई घोचेर कुरा निकाल्न खोज्नुभएको हो? हामीले अड्को थापेका छैनौँ। आज बल्ल हामी अहिलेको सरकारको नीतिगत प्रतिबद्धता साझा कार्यक्रम अगाडि सार्नुपर्नै भएकाले त्यसबारे छलफल भइरहेको छ। त्यसमा हस्ताक्षर भएपछि सोहीअनुसार सरकारले पूर्ण आकार ग्रहण गर्ने हो। अब छिट्टै सरकार विस्तार हुन्छ,' उनले भने। 

अध्यक्ष नेपालले आफूहरूले गृह मन्त्रालय र अर्थ मन्त्रालयमा दाबी नगरेको बताए। उनले देशको अर्थतन्त्र बुझेको व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्रीलाई सुझाव दिइएको बताए। 

‘देशको अर्थतन्त्रलाई राम्ररी बुझेको व्यक्तिलाई दिनुस्। समस्याको कारण पत्ता लगाउने र समाधान गर्नसक्ने व्यक्ति खोजेर मात्रै अर्थ मन्त्रालय दिनुहोला है भनेको छु। परराष्ट्रबारे पनि हाम्रो देशका सामुमा थुप्रै चुनौतीहरू छन्। अन्तर्राष्ट्रिय परिस्थिति धेरै जटिल छ। सबै सन्दर्भमा  देशको महत्वपूर्ण भूमिका हुने भएकाले काबिल मान्छेको खोजी गरेर दिनु होला भनेको छु,’ अध्यक्ष नेपालले भने। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.