|

पर्वत : आउँदो चैत १५ गते परेको चैते दसैँको अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव चण्डिका पौडेलका अनुसार गत २०७८ साल चैत १८ गते भएको निर्णयअनुसार चैते दसैँको दिनमा बिदा हुने भएको हो।

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले करिब एक वर्ष अगाडि नै चैते दसैँमा बिदा दिने निर्णय गरेको थियो। यो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ।

राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचनाअनुसार दसैँको अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा लागू हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.