|
फाइल तस्वीर

काठमाडौं : राष्ट्रियसभा सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गर्नु गलत भएको बताएका छन्।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा उनले यस्तो बताएका हुन्। उनले अनावश्यक रुपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने बहस चलिरहेको आरोप लगाए। उनले प्रतिनिधिसभामा छलफलमा रहेको यो प्रावधान राष्ट्रियसभामा पनि आउनसक्ने चिन्ता व्यक्त गरे।

उनले भने, ‘प्रतिनिधिसभामा प्रतिनिधिसभा नियमावलीको छलफल भइरहेको छ। त्यहाँ अनावश्यक रुपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने बहस भइरहेको छ। त्यो गलत हो। त्यस्तो परम्परा यहाँ पनि प्रवेश होला जस्तो मलाई लाग्छ‚ त्यो नगरियोस्।’

राष्ट्रियसभामा पनि अध्यक्षको अधिकार कटौतीको विषयले प्रवेश पाउनसक्ने भन्दै त्यस्तो नगर्न आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.