‘आफूमाथि उठेका प्रश्नहरू पत्रकारले स्विकार्न सक्नुपर्छ’

|

काठमाडौँ : नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिताको विश्वसनीयतामा प्रश्न उठेको बताएका छन्।

यसका लागि पत्रकारहरूले आफूमाथि उठेका प्रश्नहरू स्विकार्न सक्नुपर्ने उनको भनाइ छ।

आइतवार आयोजित ‘आजको पत्रकारिता, अबको पत्रकारिता’ विषय अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले यस्तो बताएका हुन्।

उनले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको स्विकार्दै सबै पत्रकार सजग हुनुपर्नेमा जोड दिएका छन्। उनले पत्रकारहरूले आफूले प्रश्न स्वीकार गर्न नसके अरूलाई प्रश्न सोध्ने अधिकार पनि नभएको बताए। उनले आफूमाथि उठेका प्रश्नहरू स्वीकार गरेर सच्चिन सक्नुपर्ने स्पष्ट पारे।

उनले भने, ‘आजको पत्रकारिताको सन्दर्भमा केही प्रश्न उठेका छन्, पत्रकारहरूले प्रश्न स्वीकार गर्न सक्नुपर्छ। एउटा पत्रकारले प्रश्न स्विकार्न सक्दैन भने उसले कसैलाई पनि प्रश्न गर्ने नैतिक अधिकार हुँदैन। त्यसकारण आफूप्रतिको प्रश्न स्विकार्ने र आफू सच्चिन आवश्यक छ। हामीले अरूको बारेमा प्रश्न उठाउँछौँ। अहिले पत्रकारिता क्षेत्रमा प्रशस्त प्रश्न उठेका छन्। तिमीहरूको कन्टेन्ट विश्वसनीय होस् भन्ने माग छ। हामीले विश्वसनीयता दिने काम गर्नुपर्नेछ।’

अध्यक्ष पोख्रेलले आफ्ना समाचार विश्वसनीय हुनुपर्ने कुरामा हरेक सञ्चारमाध्यमले जोड दिनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.