|

काठमाडौं : साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल रसियासँग पराजित भएको छ।

बंगलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आइतबार भएको खेलमा रसियाले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो हाफमा रसियासँग गोलरहित बराबरीमा खेलेको नेपालले दोस्रो हाफमा तीन गोल खायो। नेपालको यो दोस्रो हार हो।

रसियाको जितमा एलिना गोलिकले दुई तथा पोलिना फिलसिनाले एक गोल गरिन्। खेलको ६३औँ मिनेटमा एलिनाले गोल गर्दै रसियालाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ७४औँ मिनेटमा एलिनाले व्यक्तिगत दोस्रो गोल गर्दै रसियालाई २–० को अग्रता दिलाइन्।

 त्यसपछि खेलको ८३औँ मिनेटमा पोलिनाले गोल गर्दै रसियालाई ३–० को जित दिलाइन्। यो जितसँगै रसियाले तीन खेलमा ९ अंक जोडेको छ। रसिया शीर्ष स्थानमा उक्लिएको छ। नेपाल तीन खेलमा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भूटान र रसियाको सहभागिता रहेको छ। नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.