|
फाइल फोटो

काठमाडौं : आजदेखि तीन दिन नेपाल र अमेरिकी उच्च सैन्य अधिकारी सम्मिलित चौथो भूमि बल संवाद (ल्याण्ड फोर्स टक) हुँदैछ। 

काठमाडौंमा हुने दुईदेशका उच्च सैन्य अधिकारी सम्मिलित ल्याण्ड फोर्स टक शान्तिस्थापना, सैन्य सहयोग आदानप्रदान, विपत्त व्यवस्थापन, नेपाली सेनाका लागि आवश्यक सामग्री सहयोग लगायतमा केन्द्रित हुने भएको छ। 

पहिलो पटक काठमाडौंमा भएको यो संवाद अघिल्लो वर्ष अमेरिकाको हवाइमा भएको थियो। अघिल्लो वर्ष हवाइमा भएको बैठकमा अमेरिकाले स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीमा सहभागीताबारे नेपालको धारणा मागेको थियो। नेपालमा विरोध भएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय लिएको थियो। 

अमेरिकाले नेपाली सेनाको सहयोगका लागि एसपीपी योजनालाई अगाडि सारेको थियो। तर, नेपालको अस्वीकारलाई सम्मान गरेको भन्दै अमेरिकाले सैन्य सहयोग यथावत् राख्ने निर्णय गरेको थियो। रुससँग एमआई–१७ हेलिकप्टर किन्ने तयारी रहँदा अमेरिकाले बेल हेलिकप्टर दिने प्रस्ताव गर्दै आएको छ भने नेपालले दुईवटा स्काइ ट्रकको प्रस्ताव पेश गरेको छ। 

यसैबीच अमेरिकाले दुई वटा एम २८ ब्लक जिरो फाइभ स्काइ ट्रक उपलब्ध गराउने तयारी गरेको छ। तर, यसपटकको संवादमा दुई देशबीचको सैन्य सहकार्यलाई अझ विशेष बनाउनुपर्ने दुबै देशले जोड दिएका छन् 

सेनाले सम्बन्धित सम्पूर्ण निकायहरुसँग आवश्यक समन्वय र तयारी पूरा भइसकेको यस पटकको कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सह सचिव/उप सचिवहरुका साथै नेपाली सेनाका रथी एवं अधिकृतहरु समेटिएको १४ सदस्यीय टोली सहभागी  हुनेछ। 

अमेरिकी सेनाको प्यासिफक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा २२ जनाको टोली सहभागी हुनेछ भने उक्त छलफल कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.