|

काठमाडौं : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ. कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी  प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.