|

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

मन्त्रिमण्डलमा सहभागी हुनेको नाम टुंगो लगाउन कांग्रेसले समितिको बैठक बोलाएको हो। बैठक भोलि बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ। 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएको एक हप्ता पुग्दा पनि सत्तारुढ दलले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको भार बोकेको झण्डै दुई महिना पुग्न लागेको छ। कांग्रेसमा मन्त्रीका आकांक्षी बढी हुँदा मन्त्रीमा जानेको नाम टुंगो लगाउन सकस परेको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.