|

सुर्खेत :  जाजरकोटको बारेकोट गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि विपन्न नागरिक उपचार कोष स्थापना गरेको छ।

गरिबीको रेखमुनि रहेको नागरिकले आफैँले उपचार गर्न नसक्ने अवस्थामा रहेका सर्वसाधारणको लागि पनि यो कोषबाट सहयोग हुने गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए। सुत्केरी, रुख, भिर बाट लडेर घाइते भएका र प्राकृतिक प्रकोपमा परेर उपचारमा समस्या भएकालाई गाउँपालिको सहयोग गर्ने उनले बताए।

त्यस्तै संघीय सरकारबाट सूचीकृत भई आर्थिक सहायता गर्नुपर्ने बिरामीका लागि समेत उक्त कोषबाट सहयोग हुने उनले बताए। गाउँपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेर समस्यामा परेका नागरिकलाई सहायता गरिरहेको उनले बताए। बारेकोट जिल्लाको दुर्गम पालिकामा पर्छ। गाउँपालिकाको यो निर्णयले धेरै गरिबीको रेखामुनि रहेको नागरिकलाई सहयोग गरेको उनको भनाइ छ।

बारेकोट गाउँपालिकाले बिरामीलाई सहजरूपमा स्वास्थ्य संस्था सम्म ल्याइ पुर्‍याउन  लागि महिला स्वंयमसेविकलाई स्ट्रेचर उपलब्ध गराएपछि सबै बिरामीले सहज भएको छ । डोको तथा कपडाको सहायताले स्वास्थ्य संस्था सम्म बिरामी बोकेर ल्याउनु पर्ने बाध्यता हटेको छ। सबै स्वंयमसेविकालाई तालिम दिएर स्ट्रेचर उपलब्ध गराएको हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.