|

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उहाँले २०४६ सालपछि मूल्य मान्यता र आदर्शको राजनीति संकटमा परेको बताएका छन्। उनले शक्तिकेन्द्रित राजनीतिको पछि लाग्दा सिद्धान्त संकटमा परेको दाबी गरे। 

सोमवार स्व.नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा नेता सिंहले अहिलेका कांग्रेसी नेताले संस्थापक ‘नेताहरूको कतिको अनुशरण गर्न सक्यौँ’ भन्ने सोच्ने वेला आएको तर्क गरे।

‘२०४६ को परिवर्तनपछि प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस पोलिटिक्समा जुन रूपान्तरण भएको कारणले मूल्य मान्यताको राजनीति, आदर्शको राजनीति आदरणिय संस्थापक नेताहरुले देखाएको बाटोमा हामीले कत्तिको ध्यान दिन सकेका छौँ, त्यसमा सबैले मनन गरौँ’, उनले भने। 

नेता सिंहले  स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्बहाली गराउन गरेको देन समाजले सम्झिरहने बताए। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.