|

काठमाडौं : वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ। 

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारीको बैठक बस्न लागेको हो। बैठकमा मुख्यतः  तनहुँ १, चितवन २ र बारा २ मा हुन गइरहेको उपनिर्वाचनको उम्मेदवारलगायतका विषयमा छलफल हुनेछ।

 राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठनिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.