|

काठमाडौं : मधेशदेखि न्याय खोज्दै काठमाडौं आएका बर्दिबासका मिटरव्याजपीडितहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्चमा छिर्न नदिने भएको छ। महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले उनीहरूलाई खुलामञ्चमा छिर्न नदिने बताए।

उनले ती पीडितहरूको लागि पशुपतिमा ठाउँको व्यवस्था गरिसकेकाले त्यहीँ जानसमेत आग्रह गरे। उनले भने,‘खुलामञ्चमामा जाने नै होइन,हामीले पशुपतिको धर्मशालामा व्यवस्था गरिसकेका छौँ,त्यहाँ जान्छन्,खुलामञ्चमा हुँदैन।’

सरकारलाई दबाब दिन भन्दै मिटरव्याजपीडितहरू काठमाडौं आइसकेका छन्। उनीहरूले खुलामञ्चमा धर्ना दिने कार्यक्रम रहेको बताइएको छ। यतिखेर उनीहरू कलंकी आइपुगेका छन्। उनीहरू ११ दिनको पैदल यात्रामा न्याय खोज्दै काठमाडौं आएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.