'देशमा एमालेले राम्रो काम गरेको देखेर हटाएको आरोप'

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल गरेर सरकारबाट हटाइएको टिप्पणी गरेका छन्। 

सोमबार मिसन ग्रास रुटअन्तर्गत गुल्मीमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेले राम्रो काम गरे पनि जालझेल गरेर सरकारबाट हटाइएको टिप्पणी गरेका हुन्। 

‘राम्रो काम गरे पनि हामीलाई अनेक जालझेल गरेर सरकारबाट हटाइयो। नराम्रो काम गरेर होइन। सक्षम ढंगले राम्रो काम गरेबापत विरोधीहरू आतंकित भएर विरोधीहरू सरकारबाट हटाइयो,’ उनले भने। 

अध्यक्ष ओलीले कांग्रेस बेइमान पार्टी भएको तर्क गरे। उनले आफू राजनीतिमा लागेको ५८ वर्षदेखि नै कांग्रेस बदमास छ भन्ने कुरा थाहा पाएको बताए। 

‘हामीले लडाइँ गरेर संविधान बनायौँ। संविधान बनाएपछि एमलोले नेतृत्व गर्ने सहमति भएको थियो। तर, कांग्रेसले त्यो सहमति मानेन। कांग्रेसले इमान मान्दैन भनेर सुशील कोइराला इमान्दार सोझा व्यक्ति भनिन्थ्यो। तर, के का साझो हुनु। परेका बेला मलाई सम्झौता नै याद छैन भने। हाम्राविरुद्ध उनी विदेशीको उम्मेदवार भएर उठेका हुन्,’ उनले भने, ‘ हामीले कांग्रेसले पहिलेदेखि नै बेइमानी गर्न सक्छ भन्ने कुरा म सानै छँदा थाहा पाएको। म राजनीतिमा लागेको ५८ वर्षदेखि हो। सोहीदेखि कांग्रेस बद्मास छ भन्ने कुरा थाहा पाएको हो। हामीले अरु पनि विकल्प तयार गरेका थियौं। त्यसबेला कांग्रेससुशील कोइरालालाई पराजित गर्न सक्यौँ । र हाम्रो सरकार बनायौं।’ 

अध्यक्ष ओलीले माधव नेपालले फाटोवादी पार्टी खोलेको बताए। उनले नामले मात्रै पार्टी एकीकृत समाजवादी नहुने बताउँदै माधव नेपाल पुँजीवादको बाटो हिँडेर समाजवादी पार्टी खोलेको आरोप लगाए। 

‘एक नेताले फाटोवादी पुँजीवादी पार्टी खोलेका छन्। त्यसको नाम एकीकृत समाजवादी राखेका छन्। पार्टी चै फाटोवादी पुँजीवादको पछाडि पछाडि लखुरलुखुर हिँड्ने। पुँजीवादका पछाडि हिँडेर नाम चै समाजवादी राखेका छन्,’ उनले भने, ‘हाम्रा गाउँमा धनबहादुर भन्ने गरिबी मान्छे थिए। एउटा बलबहादुर भन्ने थिए फुके डन। नामले हुँदैन रहेछ। यिनिहरु पनि फाटोलाई ढाक्नका लागि एकीकृत समाजवादीपूँजीवादी बाटो समातेँ भन्न लाज लागेर हुन त माधव नेपाल लजाउने मान्छे होइनन्। लाज उनलाई लाग्दैन । तर, एकीकृत समाजवादी पार्टी राखेका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.