|

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ।

कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत १४ गते मंगलबार बिहान ९ बजेका लागि बोलाइएको उक्त बैठक चैत १६ गते बिहीबार बिहान ११ बजेसम्मका लागि सरेको जानकारी दिए।

बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने पौडेलले बताए। कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई निर्देशनअनुसार अनुरोधसमेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.