|

काठमाडौं : नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न ३ जनालाई पक्राउ गरेको छ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौंका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने ९ जना युवतीलाई भारतको राजधानी नयाँ दिल्लीका विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने भनी प्रलोभनमा पारेर भारतको नयाँ दिल्ली लगेर वेश्यावृत्तिमा लगाउने ३ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।  

पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–९ की २० वर्षीया सम्झना तामाङ भनिने सेन्जी तामाङ, धादिङ धुनीबेँसी नगरपालिका–२ का २५ वर्षीय भुवन तामाङ र धादिङ धुनबेँसीकै २० वर्षीया सुस्मा मग्राती रहेका छन्।

ब्यूरोका प्रवक्ता रहेका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले नेपाली युवतीलाई विभिन्न प्रलोभनमा पारेर भारतमा लगेर वेश्यावृत्तिमा लगाएको गोप्य सूचनाका आधारमा भारतस्थित नेपाली दूतावास र भारतीय प्रहरीको सहयोगमा ती ९ जनाको उद्धार गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ परेका तीनैजनालाई सोमबार जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रवक्ता पङ्गेनीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.