|

काठमाडौं : फ्रान्सले युरोकप छनोटमा आयरल्यान्डलाई १ –० गोलले हराएको छ।  विश्वकप उपविजेताको यो लगातार दोस्रो जित हो।

समूह बी मा रहेको फ्रान्स आयरल्यान्डस्थित डब्लिनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। 

राष्ट्रिय टिमको कप्तानका रुपमा डेब्यु गरेका किलियन एम्बाप्पेले छनोटको अघिल्लो खेलमा नेदरल्यान्डविरुद्ध २ गोल र १ असिस्ट गरेका थिए। आयरल्यान्डसँग भने एम्बाप्पेले गोल गर्न सकेनन्। ५० औँ मिनेटमा बेन्जामिन पाभर्डले फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि फ्रान्सले थप गोल गर्न सकेन। 

२ खेलबाट ६ अंक जोडेको फ्रान्स तालिकाको शीर्ष स्थानमा छ। आयरल्यान्डको भने युरो छनोटको सुरुवात सुखद रहेन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.