|

काठमाडौं : अष्ट्रेलियास्थित सूचना प्रविधिसम्बन्धी कम्पनी 'एक्स्ट्राटेक'ले क्रिकेट अर्जुन कुमाललाई ५० हजार रूपैयाँ सहयोग गरेको छ।

नेपाललाई १९ वर्ष मुनिको विश्वकपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका कुमाललाई संस्थाले नगद ५० हजार सहयोग गरेको हो। अष्ट्रेलियाबाट प्राप्त रकम सञ्चारकर्मी मोहन बस्नेतले गुल्मीमा क्रिकेटर कुमाललाई हस्तान्तरण गरे।

'एक्स्ट्राटेक'का डाइरेक्टर विनोद कुँवरले कुमालको हौसला बढाउन सहयोग गरिएको बताउँदै यसबाट उनलाई थप प्रेरणाले मिल्ने विश्वास व्यक्त गरे।

यसअघि पनि विभिन्न खेलाडी र खेल संस्थालाई सहयोग गर्दै आएको 'एक्स्ट्राटेक'ले आगामी दिनमा पनि सहयोग जारी राख्ने हेड अफ क्यारियर काउन्सिलर सुदीक्षा गौतमले बताइन् ।

क्रिकेटर कुमालले अहिले आफूलाई विभिन्न व्यक्ति र संस्थाबाट सहयोग प्राप्त भइरहेको र यसबाट आफ्नो प्रदर्शनमा थप सुधार ल्याउन प्रेरणा मिलेको बताए ।

क्रिकेटर कुमाल गुल्मीको छत्रकोटका हुन् भने उनलाई सहयोग गर्ने सूचना प्रविधिसम्बन्धी कम्पनी 'एक्स्ट्राटेक'का डाइरेक्टर कुँवर पनि गुल्मीको मदानेका स्थायी बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.