|

भारतले नक्कली र गुणस्तरहीन औषधी उत्पादन गर्ने १८ औषधी कम्पनीको लाइसेन्स खारेज गरेको छ।

भारतको ड्रग्स कन्ट्रोलर जनरलले गरेको आकस्मिक निरीक्षणका  क्रममा दर्जनौं कम्पनीले नक्कली र गुणस्तरहीन औषधि उत्पादन गरेको भेटिएपछि १८ ओटा कम्पनीहरूको उत्पादन बन्द गर्न आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

केन्द्रीय र राज्य टोलीले २० ओटा राज्यमा मंगलबार निरीक्षण गरेको हो। निरीक्षण अभियान १५ दिनसम्म चल्ने बताइएको छ। अनुगमनका क्रममा हिमाचल प्रदेशमा ७०, उत्तराखण्डमा ४५ र मध्य प्रदेशमा २३ कम्पनीमाथि कारबाही गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.