|

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.