|

संखुवासभा : संखुवासभा , तेह्रथुम र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी (टीएमजे)मा चैतको आधाआधी भइसक्दा पनि लालीगुराँस फुलेको छैन।

तीनजुरे क्षेत्रमा अघिल्ला वर्षमा माघको अन्तिमदेखि नै गुराँस फुलेर ढकमक्क हुने भए पनि जलवायु परिर्वतनको असरले अहिलेसम्मम फुल्न सकेको छैन। चैतको आधा महिना बित्दा भर्खर कोपिला लाग्न सुरु भएको छ।

मौसम परिवर्तनको असरका कारण यस वर्ष ढिला गुराँस फुल्न थालेको स्थानीय धर्मदेवी नगरपालिका ५ का स्थानीय पत्रकार दुर्गामणि पौडेलले बताए। तीनजुरे क्षेत्रमा सयममा गुराँस नफुल्दा होटेल व्यवसायमा असर परेको धर्मदेवी नगरपालिका –३ की होटल व्यवसायी सानुमाया दाहालले बताइन्। गुराँस फुलेको हेर्न आउने आन्तरिक र बाह्य पर्यटकका कारण विगतमा निकै रमझम हुने तीनजुरे क्षेत्र यसपटक सुनसान भएको उनको भनाइ छ। 

विश्वमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका गुराँस तीनजुरेमा पाइन्छ ।  सङ्खुवासभाको पाथीभरा, चौकी, मंगलबारे, गुफापोखरी हुँदै तीनजुरे–मिल्क–जलजले क्षेत्रमा गुराँसको जंगल छ । तीनजुरे क्षेत्रमा लालीगुराँस, सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छ। 

यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पाइन्छ। यो क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ जस्ता प्रजाति पनि रहेका छन् । यस्तै हुकरको गुराँस, पहेँलो सुनपाती, भुत्ले गुराँस, भाले सुनपाती, सानो लहरे चिमाल, हिउँ गुराँस, झुन्डिने चिमाल, पुड्के गुराँस, बुलु, शाल्लु गुराँस, थाम्सनको गुराँस, रोडोडेन्ड्रोन ट्राइकोक्लाडुम, पहेँलो गुराँस, खियाउने पाते गुराँस, हाँगिने गुराँस, बालिकको गुराँस, वाइटको गुराँस प्रजातिका गुराँस तीनजुरे क्षेत्रमा पाइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.